Breaking News

ओलीले, काँग्रेसले निकालेको घोषणापत्रलाई ‘गालीपुराण’ को संज्ञा

प्रमुख प्रतिपक्ष दल तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान मनमोहन अधिकारीको २३ औँ स्मृति समारोहलाई सानेपामा सम्बोधन गर्ने क्रममा भने, वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरू तानाशाह मनोवृत्ति भएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले कम्युनिस्ट नामका पार्टीहरू काँग्रेसको पखेटामुनि छिरेको आरोप समेत लगाए ।

‘अहिले यो गठबन्धनमा रहेकाहरू तानाशाह मनोवृत्ति नै मनोवृत्तिका मात्रै छन्, ‘यिनीहरूको एकताको सूत्र एउटै हो एमाले । नेकपा एमालेतिर पुलुक्क हेरेपछि गुर्र कुदेर सबै एकै ठाउँमा पुग्छन् । फेरि त्यहाँ एकै ठाउँ बसेपछि डर्याङडुरुङ गरेर छरिन्छन् ।’ उनले काँग्रेसमाथि दया लागेको भन्दै कम्युनिस्ट नामका चल्लाहरूलाई चेपेर बसेको बताए । ‘माथि चिल आयो भने मुसो दुलोभित्र पसेजस्तो र आकाशमा चिल देख्दा चल्ला माउका पखेटामुनि पसेजस्तो,काँग्रेसका पखेटामा पसेका छन् । नेपाली काँग्रेसको नेतृत्व र सरकार यस्तै भइरहे एमालेलाई सजिलो हुने भएकोले धन्यवाद दिनुपर्ने बताए ।

ओलीले माओवादी पार्टी नभएको भन्दै केन्द्र भएको बताए । ‘माओवादी पार्टी होइन, माओवादी सेन्टर । त्यसले चुनावी घोषणापत्र नै निकालेन । काँग्रेसले निकालेकै छ, भइगयो भन्छ’, माओवादीले के गर्छ भन्ने थाहा नै नभएको बताए । सत्ता गठबन्धनमा रहेका पार्टीहरूले निकालेका चुनावी घोषणापत्रबारे टिप्पणी गर्दै ओलीले काँग्रेसले निकालेको घोषणापत्रलाई ‘गालीपुराण’ को संज्ञा दिए । ‘पार्टीको घोषणापत्र यतिसारो बिसन्चो ?’, ओलीको भनाइ छ ।

काँग्रेसले घोषणापत्रमा राष्ट्रपतिमाथि हमला गरेकाले ‘उसलाई सञ्चो छ कि छैन ?’ भनेर प्रश्न गरे । उनले एमालेमाथि गाली, संविधानका केही कुरा उतार र एमालेको घोषणापत्रको कपी गरेर काँग्रेसले लद्दु विद्यार्थीले चिट चोरेजस्तो रहेको टिप्पणी गरे । उनले जनताले काँग्रेसको घोषणापत्र नपढ्ने दाबी समेत गरे । काँग्रेसको घोषणापत्र कमसेकम एकपटक पढौँ भन्दै उनले त्यो पढेपछि काँग्रेस के हो भन्ने कुराले बताउने बताए । उनले सुशासन र लोकतन्त्रका बारेमा काँग्रेससँग कुनै योजना नरहेको बताए । उनले काँग्रेसको घोषणापत्रको पक्षमा कोही बुद्धिजीवीलाई लेखेर देखाउन चुनौती समेत दिए । उनले काँग्रेसले राजनीतिक क्यारेक्टर समेत गुमाउँदै गएको आरोप लगाए ।