Breaking News

स्थानीय तह निर्वाचन : आज उम्मेदवारमाथि दाबी/विरोधको उजुरी दिन पाइने

स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता हिजो सकिएको छ भने आज दाबीरविरोधको उजुरी दिन पाइने भएको छ । उजुरी दिन भने निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ । निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइन्छ । तर, आयोगले उम्मेदवारहरूको नामावली नै रुजु गरिसकेको छैन ।

आयोगले प्राप्त उजुरीमाथि जाँझबुझ भने १४ र १५ वैशाखमा गर्नेछ । ​जाँझबुझपछि उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ । १६ वैशाखमा भने उम्मेदवारी फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ। १७ वैशाखमा उम्मेदवार बनेकाहरूले निर्वाचन चिह्न प्राप्त गर्नेछन् । र, ३० वैशाखमा निर्वाचन हुने छ ।