पोखरा महानगरपालिकाको मेयर उम्मेदवारको टिकट पाएपछि नेकपा एमाले गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले पदबाट राजीनामा

१२ वैशाख, पोखरा । पोखरा महानगरपालिकाको मेयर उम्मेदवारको टिकट पाएपछि नेकपा एमाले गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले पदबाट राजीनामा दिएका छन् ।

नेकपा एमालेले दीपक पौडेललाई दिइसकेको टिकट खोसेर थापालाई मेयरको उम्मेदवार बनाएको छ । उनले सभामुख नेत्रनाथ अधिकारीसमक्ष राजीनामा बुझाएका हुन् ।

कास्की क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभामा विजयी भएका थापाले कांग्रेसका गुरुप्रसाद बराललाई ७ हजार ४ मतले हराएका थिए ।