Breaking News

दैलेखमा पनि तीन दलबीच भागबण्डा मिल्यो : काँग्रेस ६, एकीकृत समाजवादी ३, माओवादी केन्द्र २

बैशाख ११, दैलेख । दैलेख जिल्लामा सत्तारुढ गठबन्धन दलहरुको आज बसेको बैठकमा स्थानीय तह भागबन्डामा सहमति भएको छ । भागवण्डा प्राप्त सहमति अनुसार नारायण नगरपालिका, दुल्लु नगरपालिका, आठविस नगरपालिका, गुराँस गाँउपालिका, डुङ्गेश्वर गाँउपालिका, नौमुले गाउँपालिका काँग्रेसले पाएको छ भने, चामुण्डाविन्द्रासैनी नगरपालिका, भैरवी गाउँपालिका, महावु गाउँपालिकाको अध्यक्ष नेकपा एकीकृत समाजवादीले पाएको छ भने, भगवतीमाई गाउँपालिका र ठाटीकाँध गाउँपालिका नेकपा माओवादी केन्द्र ले पाएको छ । नारायण नगरपालिका मेयर नेपाली काँग्रेसको भागमा ,उपमेयरमा नेकपा एकिकृत समाजवादीको भागमा । दुल्लु नगरपालिका मेयर काँग्रेस र उपमेयर नेकपा माओवादी केन्द्रलाई । त्यस्तै चामुण्डाविन्द्रासैनी नगरपालिकाको मेयर नेकपा एकिकृत समाजवादी र उपमेयर नेपाली काँग्रेसलाई । आठविस नगरपालिका मेयरमा नेपाली काँगे्रस र उपमेयरमा नेकपा माओवादी केन्द्रलाई ।

गुराँस गाँउपालिका नेपाली काँग्रेसले पाउँदा उपाध्यक्ष नेकपा माओवादी केन्द्रले पाएको छ । डुङ्गेश्वर गाँउपालिकामा अध्यक्ष नेपाली पाउँदा र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रलाई । यस्तै भैरवी गाउँपालिकामा अध्यक्ष नेकपा एकीकृत समाजवादी र उपाध्यक्षमा काँग्रेसलाई । ठाटीकाँध गाउँपालिकामा अध्यक्ष नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काँग्रेसलाई ।

नौमुले गाउँपालिकामा अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादी ,भगवतीमाई गाउँपालिकामा नेकपा माओवादी केन्द्र ले अध्यक्ष र काँग्रेसले उपाध्यक्ष पाउने भएका छन । त्यस्तै महावु गाउँपालिका अध्यक्षमा नेकपा एकीकृत समाजवादी र उपाध्यक्षमा नेपाली काँग्रेस ।