Breaking News

काभ्रेमा नेकपा माओवादी (केन्द्र), नेपाली काँग्रेस र नेकपा एकीकृत समाजादीबीच भागबन्डा मिल्यो

११ वैशाख, काठमाडौं । सत्ता साझेदार दलहरु मध्य प्रमुख तीन दल नेकपा माओवादी (केन्द्र), नेपाली काँग्रेस र नेकपा एकीकृत समाजादीबीच वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्तारुढ पाँच दलबीच काभ्रेमा भागबन्डा मिलेको छ ।

नेपाली कांग्रेसको बागमती प्रदेश सभापति ईन्दबहादुर बानियाँ, नेकपा माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष सरल सहयात्री र नेकपा एकीकृत समाजवादीका प्रदेश इन्चार्ज केदार न्यौपानेले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार कांग्रेसले ४ नगरपालिका र ३ गाउँपालिका, जसमा बनेपा नगरपालिका, पनौती, नमोबुद्व, पाँचखाल नगरपालिका र तेमाल, रोशी र बेथान चोक गाउँपालिका रहेको छ ।

यस्तै नेकपा एकीकृत समाजवादी समाजवादीले धुलिखेल र मण्डनदेउपुर नगरपालिकाको नेतृत्व लिनेछ ।

नेकपा माओवादी केन्द्रले भने ४ गाउँपालिकाको नेतृत्व पाउनेछ जसमा चौँरीदेउराली, भुम्लु, खानीखोला र महाभारत गाउँपालिका रहेका छन् ।