Breaking News

कालिकोटमा तीन दलबीच भागबन्डा मिल्यो : कुन पालिका कुन दललाई नाम लिष्टसहित

कालिकोट। सत्ता साझेदार दलहरु मध्य प्रमुख तीन दल नेकपा माओवादी (केन्द्र), नेपाली काँग्रेस र नेकपा एकीकृत समाजादीबीच कालिकोट जिल्लामा आउँदो बैशाख ३० गते हुने स्थानीय चुनावको भाग बण्डा मिलेको छ । कालिकोट जिल्लामा कुल ९ वटा स्थानिय तह मध्ये ५ प्रमुख र ४ उप-प्रमुख सहित नेकपा माओवादी केन्द्रको भागमा परेको छ । त्यस्तै २ प्रमुख र ३ उप-प्रमुख नेपाली कांग्रेसको भागमा परेको छ । भने २ प्रमुख र दुई उप-प्रमुख सहित एकिकृत समाजवादी पार्टीको भागमा परेको छ ।

सहमति अनुसार सान्नित्रिवेणी गाउँपािलका ,पलाँता गाँउपालिका,रास्कोट नगरपालिका र तिलागुफा नगरपालिकामा प्रमुख पद नेकपा माओवादी केन्द्रको भाग परेको छ भने ,त्यस्तै उप-प्रमुखमा नेकपा माओवादी केन्द्रलाई खाडाँचक्र नगरपालिका,महावै गाँउपालिका,नरहरिनाथ गाउँपालिका,सुभकालिका गाउँपालिका भाग परेको छ ।

त्यस्तै महावै गाँउपालिका र खाडाँचक्र नगरपालिकाको प्रमुखमा नेपाली काग्रेसको भाग परेको छ भने उप-प्रमखमा पचालझरना गाउँपालिका ,पलाँता गाउँपालिका र तिलागुफा नगरपालिका भाग परेको छ । त्यस्तै एकिकृत समाजवादीलाई २ प्रमुख र २ उपप्रमुख परेको छ । समाजवादीले पाएको पालिकामा सुभकालिका र नरहरिनाथ गाँउपालिका भाग परेको छ भने उप-प्रमुखमा रास्कोट नगरपालिका र सान्नित्रिवेणी गाँउपालिका परेको सहमतिमा उल्लेख गरिएको छ ।