Breaking News

डोल्पामा एमाले का दुई गाउँपालिका अध्यक्ष नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

डोल्पा-  डोल्पामा दुई गाउँपालिकाका अध्यक्ष नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्।
एक विज्ञप्ति जारी गर्दै एमालेबाट निर्वाचित काईके गाउँपालिका अध्यक्ष अंगत राना र छार्काताङ्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले समाजवादीमा प्रवेश गरेको बताएका हुन्।

अध्यक्ष गुरुङ अघिल्लो चुनावमा स्वतन्त्रबाट चुनाव जिते पनि पछि एमालेमा समाहित भएका थिए। संविधान, लोकतन्त्र, गणतन्त्र संस्थागत गर्न माधव नेपालले सही कदम चालेको कारण नेकपा एकीकृत समाज्बादीमा प्रवेश गरेको  विज्ञप्तिमा उल्लेख छ।