काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्व गलत भएकाले त्यहाँ रहेका इमान्दार कम्युनिष्ट रनभुल्लमा परेको बताएका छन् ।
अध्यक्ष प्रचण्डले एमालेभित्र पनि राम्रा कम्युनिस्ट रहेको तर, नेतृत्वमा गलत व्यक्ति पर्दा इमान्दार कम्युनिष्टलाई फुत्किन गाह्रो भएका बताए ।
‘नेतृत्व भन्ने कुरा ठूलो हुँदो रहेछ । लिडरसिप गलत मान्छेको हातमा गयो भने इमानदार कम्युनिस्टहरु पनि केही समय रनभुल्लमा पर्ने या फुत्किन गाह्रो हुने हुँदो रहेछ ।’ प्रचण्डले भने, ‘नेकपा एमालेका कामरेडलाई म स्मरण गर्न चाहन्छु । एमालेका नेतारकार्यकर्ताले विश्वास र भरोस गरेका थिए । एमाले भन्दैमा सबै खराब छैनन् । त्यहाँ पनि राम्रा कम्युनिस्ट छन् ।’
एमालेको नेतृत्वमा गलत व्यक्ति बसेका कारण धेरैलाई एमाले पार्टी नै खराब हो भन्ने परेको उनले बताए । ‘आज पार्टी स्थापना दिवसको अवसरमा सम्पूर्ण एमाले भित्रका ती इमान्दार कम्युनिस्ट जुन साच्चै बाम गठबन्धनको पक्षमा अहिले हुनुहुन्छ, कम्युनिस्टहरुको एकता आवश्यक छ भन्ने ठान्नुहुन्छ उहाँहरुलाई गलत प्रवृतिकाविरुद्ध संघर्ष गर्न प्रेरणा मिलोस् ।