सत्ता गठबन्धनबाट पोखरा महानगर पालिकामा नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्य उठ्ने भएका छन् । एकीकृत समाजवादीबाट ६ जनाको नाम सिफारिस भएपनि अन्तिममा आचार्यले टिकट पाउने पक्का जस्तै भएको छ । आचार्यलाई पार्टीले आधिकारिक रुपमा आज बेलुका निर्णय हुने बुझिएको
छ ।
पोखरामा काँग्रेस विद्रोही पक्षले निर्णय गरेर पार्टीको निर्देशन मान्ने बताएको छ । आचार्यले पनि आफू मेयरमा टिकट पाउँने पक्का जस्तै भएपनि निर्णय पर्खिनुपर्ने बताए । ‘पार्टीबाट पोखरा मेयरमा ६ जनाको नाम सिफारिस भयो ।
आधिकारिक निर्णय पर्खेर बसेको छु ।’ एकीकृत समाजवादीको कास्की जिल्ला अध्यक्ष स्थानीय लोकप्रिय नेताको रुपमा चिन्छिन् । पार्टीले आचार्य सहित श्रीनाथ बराल, दामोदर शर्मा, विजयबाबु बनबासी, मदनकाजी श्रेष्ठ र प्रेम थापाको नाम सिफारिस भएको थियो ।