दाजुद्धारा बहिनी बलात्कृत

१५ वैशाख, भक्तपुर । लकडाउनको समयमा दाईद्धारा बहिनी बलात्कृत भएकी छिन् । महानगरीय प्रहरी परिसर भक्तपुरले आफ्नै बहिनीलाई बलात्कार गर्ने दाइलाई पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक घर भई हाल मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ९ बोडेमा बस्दै आएका दाजुले बहिनीलाई जवरजस्ती करणी गरेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीले बताएका छन् ।
बर्ष २३ का दाजु पी (परिवर्तित नाम) ले आफ्नै सहोदर बहिनी बर्ष १४ की के (परिवर्तित नाम) लाई जवरजस्ती करणी गरेको किटानी जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको हो । आइतबार दाजु (पी) लाई नियन्त्रणमा लिई भक्तपुर जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरि जवरजस्ती करणी तथा हाडनाता करणी सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।