Breaking News

जलजला गाउँपालिका-९ मा नेपाली कांग्रेस तथा माओवादी केन्द्र का ३८ जना कार्यकर्ता एमालेमा प्रवेश

७ वैशाख, पर्वत । पर्वत जिल्लाको जलजला गाउँपालिका वडा न ९ बनौमा ३८ जना नेपाली कांग्रेस तथा माओवादी केन्द्र का कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका सांसद पदम गिरीले नवप्रवेशीहरुलाई टिका तथा खादा लगाएर स्वागत गरेका थिए । जलजलाका ९ नम्बर वडा नेकपा एमालेको कमजोर भुगोलको रुपमा लिईन्छ । पछिल्लो समय भने एमाले प्रतिको आकर्षणका कारण धेरै कार्यकर्ताहरु एमालेमा प्रवेश गरिरहेको सांसद तथा केन्द्रिय सदस्य पदम गिरीले बताएका छन् ।

एमालेमा प्रवेश गर्नेहरुमा भुवन पुन, टिकाबहादुर फकामी पुन, लालबहादुर पुर्जा, भुवन बहादुर फकामी, टकमाया गर्वुजा पुन, मिलन फकामी पुन, विरेन्द्र फकामी पुन, टकबहादुर फकामी रहेका छन् । यसैगरी वनौमय आयोजीत एक कार्यक्रमका वीच मानबहादुर विक, विकास विश्वकर्मा, बमबहादुर विक, हरीप्रसाद विकस, माया पुन, खरिमाया विक, खुम बहादुर पुन, नौमति पुर्जा र सागर जिसी लगाएतका दजनौं कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए ।
पाटी प्रवेश कार्यक्रममा बोल्दै एमाले सांसद गिरीले देश विकासको एजेण्डा र खाका एमालेसंग मात्र भएकाले अवको स्थानीय तहको निर्वाचनमा एमाले नै देशको पहिलो शक्तिको रुपमा धेरै स्थानहरुमा विजयी हुने दावी गरे । उनले गठबन्धन देश हित र विकासको लागि नभएर पाटीका नेताहरुको परिवारलाई खुशी पार्नका लागि भएको भन्दै त्यसको पछि लागेर जनताले मत नहाल्ने स्पष्ट पारे ।

कार्यक्रममा एमाले प्रदेश कमिटि सदस्य नरबहादुर कार्की, जलजला गाउँपालिका कमिटि अध्यक्ष लालबहादुर अधिकारी लगाएतले एमालेका नीति र विचारहरुको बारेमा प्रष्टाएका थिए ।

लेखक : कृष्ण बहादुर कार्की