सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले घट्यो

७ वैशाख, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा थप घट हुने क्रममा आज ठूलो गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघअनुसार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख १०० रुपैयाँ कायम भएको छ ।