कोटेश्वरमा निर्णायक बार्ता, वार की पार !

१५ वैशाख, काठमाडौं । नेकपाको विवाद तल्लो सतहमा पुगेपछि पार्टीभित्र उग्र रुप लिन थाले पछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित घरमा निर्णायक वार्ता जारी छ । उक्त वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षबाट नेताहरु ईश्वर पोखरेल, शंकर पोेखरेल र प्रदीप ज्ञवाली सहभागी
छन् । त्यस्तै माधव नेपालसहित विष्णु पौडेल, सुरेन्द्र पाण्डे र रघु पन्त सहभागी छन् । यसअघि ओली र नेपालबीच बालुवाटारमा वार्ता भएको थियो । ओली र नेपालबीचको छलफलमा दुवै तर्फका नेतालाई विवाद मिलाउने जिम्वारी दिएको स्रोतले बताएको छ ।
दुवै पक्षका नेताहरुको छलफलले ठोस निष्कर्ष निकाल्ने छ । जसमा ओलीले सरकार मात्रै चलाउने र पार्टीको जिम्मेवारी अरु नै नेतालाई दिनसक्ने स्रोतको दावी छ ।