प्रचण्ड भेट्न झलनाथ खुमलटार, कोटेश्वरमा अध्यक्ष पद हस्तान्तरण गर्ने विषयमा छलफल

१५ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा उत्पन्न पछिल्लो गतिरोध बारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच छलफल भएको छ । प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भएको भेटमा स्थायी समिति बैठक नबोलाइएको अवस्थामा के गर्ने भन्नेबारेमा छलफल भएको स्रोतले बतायो ।
भेटमा वरिष्ठ नेता खनालले तत्कालै सचिवालय बैठक बोलाएर स्थायी समिति बैठकको मिति तोक्न ढिला गर्न नहुने समेत बताएका थिए । यसअघि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको थियो ।
ओली र नेपालको छलफलपछि अहिले नेपाल निवास कोटेश्वरमा ओली र नेपाल पक्षीय नेताहरू छलफल गरिरहेका छन् ।
सत्तारूढ नेकपाको विवादका विषयमा वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा निर्णायक छलफल सुरू भएको छ ।