Breaking News

एकीकृत समावादीको घोषणापत्र : गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आजे आफ्नो चुनावी घोषण पत्र सार्वजनिक गरेको छ । पार्टीले स्थानिय तह लक्षित घोषणापत्र आज काठमाण्डौको राष्ट्रिय सभामा सार्वजनिक गरेको हो । एकीकृत समावादीले घोषणापत्रमा गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी कार्यक्रम अगाडि सारेको छ । सहकारी अभियानलाई अर्थतन्त्रको प्रमुख क्षेत्रमध्ये एउटा बनाएर लानुपर्ने घोषणापत्रमा उल्लेख छ । पार्टी अध्यक्ष नेपाल प्रधानमन्त्री भएको बेला ‘गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी’ भन्ने अभियान अभियान सुरु गरेकाले त्यसैलाई निरन्तरता दिने पार्टीको घोषणापत्रमा उल्लेख गरिएको छ ।

घोषणापत्रमा भनिएको छ- ‘संविधानले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि तीन खम्बे अर्थनीति अपनाएर जानुपर्ने दिशानिर्देश गरेको छ जस अन्तर्गत सार्वजनिक (सरकारी), सहकारी र निजी क्षेत्र पर्दछन् । सहकारी अभियानलाई अर्थतन्त्रको प्रमुख क्षेत्रमध्ये एउटा बनाएर लैजानुपर्दछ भन्ने कामको शुरुवात ‘गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी’ भन्ने अभियान कमरेड माधवकुमार नेपाल प्रधानमन्त्री भएको समयमै अगाडि बढाइएको थियो ।’