Breaking News

नेकपा एकीकृत समाजवादी घोषणापत्र सार्वजनिक : दुई सय युनिटसम्म विजुली निशुल्क, खानेपानी निशुल्क, स्थानीय सरकारको बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य लगायत जनमुखी कार्यक्रम

६ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीले आउँदे बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

एकीकृत समाजवादी र नेकपा गौरवशाली पार्टीबीच भएको एकता घोषणा कार्यक्रममा पार्टी अध्यक्ष नेपालले घोषणापत्र सार्वजनिक गर्दै जनमुखी स्थानीय सरकार विकास र समृद्धिको आधार दिएको छ । घोषणापत्रमा सर्वसाधारणलाई २०० युनिटसम्म विजुली निशुल्क दिने घोषणा गरेको छ । त्यस्तै खानेपानी निशुल्क गर्ने, स्थानीय सरकारको बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य राख्ने लगाएतका विविध जनमुखी कार्यक्रम समेटिएको छ ।

घोषणापत्र :

Samajbadi_Ghosana Patra 14 X 21.5 cm