भरतपुर महानगरपालिकाको नेतृत्व माओवादी केन्द्रलाई दिने विषयमा गठबन्धनभित्र करिब सहमति

अध्यक्ष प्रचण्ड

५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्डले आज पार्टी कार्यालय पेरिस डाँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै भने, भरतपुर महानगरपालिकाको नेतृत्व आफूहरुलाई दिने विषयमा गठबन्धनभित्र करिब सहमति भइसकेको बताए ।

‘मोटामोटी सबै साथीहरुको भित्री मनमा के छ भने भरतपुर नै दिनु उचित हुन्छ, कांग्रेसलाई पनि लागेको छ धेरैलाई, केही केहीलाई मात्र नलागेको होला त्यसकारण हामी अहिले बेलुकासम्म टुंग्याउँछौं’ उनले भने ।

उनले भरतपुर महानगरपालिकाको मेयर चाहिन्छ भनेर आफूहरुले अडान नराखेको पनि दाबी गरे । ‘भरतपुर नै नभई भएन रेनु नै नभइ भएन भन्ने हाम्रो अडान होइन, गठबन्धनमा एउटा महानगर त माओवादी केन्द्रले पाउने नै होला । काठमाडौ दिने भए पनि ठीक छ, विराटनगर भने पनि ठीकै छ ।’