५ वैशाख, काठमाडौं । स्थानीय चुनावमा तालमेलका बिषयमा सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सुरु भएको छ ।
स्थानीय तह निर्वाचनमा पालिकाहरूको भागबण्डालगायतका विषयमा छलफल गर्न शीर्ष नेताहरुसहित संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरुभएको हो ।
आज महानगर र उपमहानगरपालिकाहरूको भागबण्डामा छलफल गरी निष्कर्षमा पुग्ने प्रयास हुने नेताहरूले बताएका छन् ।