सरकारले युएसएआइडीबाट अनुदान सहयोग स्वीकार गर्ने निर्णय

सरकारले युएसएआइडीबाट अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको छ।

चैत ३० को मन्त्रिपरिषद बैठकले युएसएआइडीबाट ७९ अर्ब ७१ करोड अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

‘अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय युएसआइडीबाट प्राप्त हुने अमेरिकी डलर ६५९ ९करिब ७९ अर्ब ७१ करोड० अनुदान सहायता रकम स्वीकार गर्ने’ निर्णय भएको कार्कीले बताए।

यस्तै १८ अर्ब ऋण सहायता स्वीकार गर्ने निर्णय पनि भएको छ।

‘विश्व बैंक समूहका अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर ९करिब १८ अर्ब० बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने’ निर्णय भएको हो।