युक्रेनमाथि आक्रमण गरिरहेको रूसी सैनिकको युद्धपोत ब्ल्याक सीमा डुबेको छ।
समाचार संस्था रोयटर्सका अनुसार हतियार बोकेको मोस्कवा नामक युद्धपोतमा बिस्फोट भएको थियो। बिस्फोटपछि युद्धपोतमा रहेका चालक दलका सदस्यहरूलाई उद्धार गरिएको थियो। युद्धपोतलाई बन्दरगाहसम्म ल्याउने प्रयास भइरहेका बेला बिहीबार युद्धपोत समुद्रमा डुबेको रूसी रक्षा मन्त्रालयले जनाएको छ।
उक्त युद्धपोतमा आफूले मिसाइल हानेको युक्रेनले दाबी गरेको छ। रूसले भने युद्धपोतमा के कारणले बिस्फोट भएको भन्ने खुलाएको छैन।
५१० जना चालक दलका सदस्य रहने यो युद्धपोत रूसी सैन्य शक्तिको प्रतीक मानिन्थ्यो। युद्धपोत डुबेपछि रूसलाई गम्भीर क्षति पुगेको छ।
युद्धपोत डुबेपछि युक्रेनको राजधानी किएभमा शुक्रबार बिहानै बिस्फोट भएको छ। केही समयअघि रूसी सैनिकहरूले राजधानी किएभ छोडेर हिँडेका थिए। उनीहरूले आक्रमण पूर्वी युक्रेनमा केन्द्रीत गरेका थिए।
केही दिनदेखि किएभमा रूसले आक्रमण गरेको थिएन। शुक्रबार बिहानको बिस्फोट शक्तिशाली भए पनि मानवीय क्षति भएका विवरण आएका छैनन्।