Breaking News

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति

२९ चैत, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सेना परिचालन गर्न स्वीकृति दिएकी छन् ।

राष्ट्रिय सुरक्षा परिषदको १७ चैतको सिफारिस र मन्त्रिपरिषदको २४ चैतको निर्णय अनुसार सेना परिचालनका लागि राष्ट्रपतिले स्वीकृति दिएको राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।