नेकपा माओवादी केन्द्रको वेवसाइट आज उद्घाटन गरिएको छ। पार्टी प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ‘प्रचण्ड’ ले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट वेवसाइट उद्घाटन गरेका हुन् । पार्टीको वेवसाइट वैशाख १ गतेदेखि नियमित सञ्चालनमा आउँने प्रचार तथा प्रकाशन विभाग सचिव गोविन्द आचार्यले बताए।
तत्कालिन नेकपा विभाजन भएपछि माओवादीले आधिकारिक पार्टीको वेवसाइट बनाएको थियो। ‘माओवादी केन्द्रको यसअघि पुरानो वेवसाइट थियो । एमालेसँग एकता भएपछि त्यसलाई नियमित अपडेट गर्न सकिएको थिएन । त्यसमा पार्टीका सबै निर्णयहरु, दस्तावेज, पार्टी विभाजन, जनवर्गीय गठन, पार्टी कमिटी सबै समेटिने बताइएको छ ।
यस्तै पार्टी प्रचार तथा प्रकाशन विभागले हप्तामा नियमित पत्रकार सम्मेलन गर्ने भएको छ। अरु आवश्यकता अनुसार पत्रकार सम्मेलन गरिने भएको छ। पत्रकार सम्मेलन गर्न त्यसै अनुसारको कार्यकक्ष समेत व्यवस्था गरिने भएको छ। अब नियमित पत्रकार सम्मेलन वैशाख १ गतेदेखि हप्तामा एक पटक हुने भएको छ।