Breaking News

अन्याय हुने गरी चुनावी तालमेलमा उदार नहुने

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भने, पार्टीलाई नै अन्याय हुने गरी चुनावी तालमेलमा उदार नहुने बताएका छन्।

केन्द्रीय समितिले नै स्थानीय आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने निर्णय गरेको भन्दै उनले केन्द्रबाट विधानअनुसार मात्रै उम्मेदवार तय गरिने बताए।

कांग्रेस विधानअनुसार महानगरको उम्मेदवार मात्रै केन्द्रीय संसदीय बोर्डले तोक्नेछ।

उपमहानगरपालिका र नगरपालिकाको उम्मेदवार प्रदेश समितिले तोक्नेछ भने गाउँपालिकाको उम्मेदवार जिल्ला संसदीय समितिले तोक्ने तथा वडाको भने प्रतिनिधि सभा क्षेत्रीय समितिबाटै तय हुनेछ।

‘सत्तागठबन्धनका अरू दल र कांग्रेसको अवस्था भिन्न छ। ठूलो दल भएकोले कांग्रेस अलि उदार त होला तर आफ्नै पार्टीका साथीहरूलाई अन्याय हुने गरी उदार हुन सकिन्न,’ प्रवक्ता महतले भने।

कुन महानगर कसले लिने भन्नेमा पनि छलफल जारी नै रहेको उनले बताए। ‘तीन(तीन महानगर बाँड्ने भन्ने कुरामा सत्यता छैन ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महत