Breaking News

विप्लवले चुनाव लड्ने हो भने स्वतन्त्र रुपमा लड्नुपर्ने या सुर्य चिन्हबाट चुनाव लड्न ओलीको सुझाव

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितपुरमा आयोजित नयाँ बर्ष शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय चुनाव सार्ने षड्यन्त्र भइरहेको बताएका छन् । अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई प्रतिगामी तत्वको संज्ञा दिदै चुनाव सार्ने षडयन्त्रमा लागेको बताएका हुन् ।

‘प्रतिगामी तत्वहरु अहिले पनि चुनाव सार्ने कोशिस गरिरहेका छन् । चुनाव सारेर स्थानीय तह रिक्त गर्दिने । लोकतन्त्र रहन्छ रु लोकतन्त्र समाप्त पार्ने’, ओलीले ०५९ सालमा पनि शेरबहादुर देउवाले त्यसै गरेको बताए । उनले देउवालाई आग्रह गर्दै भने, ‘यसपटक शेरबहादुरजीको त्यो खराव रेकर्ड नदोहोरियोस् ।’

‘अहिले विप्लवलाई अघि सार्नुभएको छ । १३ महिना अघि विप्लवजी शान्तिप्रक्रियामा आउनुभयो । अहिले आएर उहाँ पार्टी दर्ता गर्न समय चाहियो’, ओलीले विप्लवलाई लोकतन्त्रविरुद्धको षडयन्त्रको मतियार नहुन आग्रह समेत गरे । ‘विप्लवजी षडयन्त्रको शिकार हुने खतरा देख्दैछौ । विप्लवले चुनाव लड्ने हो भने स्वतन्त्र रुपमा लड्नुपर्ने या सुर्य चिन्हबाट चुनाव लड्न सुझाव समेत दिए । ‘होइन भने तपाईँहरुका कार्यकर्ताले जित्ने ठाउमा उम्मेदवार उठाउनुस्, पार्टी तपाईंहरुकै रहन्छ, कार्यकर्ता तपाईंहरुकै रहन्छन्, तर सूर्य चिन्हबाट चुनाव लड्नुस् आरामसँग, जित्ने तरिका त्यो हो ।