लखनउ सुपर जाइन्ट्सलाई ३ रनले हराउँदै राजस्थानले तेस्रो जित

२८ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले तेस्रो जित निकालेको छ ।

हिजो राति मुम्बइमा भएको खेलमा लखनउ सुपर जाइन्ट्सलाई ३ रनले हराउँदै राजस्थानले तेस्रो जित निकालेको हो ।

राजस्थानले दिएको १६६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १६२ रनमात्रै बनायो ।

लखनउका क्विन्टन डी ककले ३९, दिपक होडाले २५, दुश्मन्था चामिराले १३, मार्कुस स्टोनिसले अविजित ३८ र क्रुनाल पाण्डयले २२ रन बनाए ।
राजस्थानका युजभेन्द्र चाहलले ४ तथा ट्रेन्ट बोल्टले २ विकेट लिए ।

यो जितसँगै राजस्थान शीर्ष स्थानमा उक्लिएको छ ।राजस्थानले ४ खेलमा ६ अंक जोडेको छ ।