Breaking News

अदानचुली गाउँपालिका अध्यक्ष दल फडेरोको घरमा माओवादी केन्द्रका कार्यकर्ताले तोडफोड

सिमकोट । हुम्लाको अदानचुली गाउँपालिका अध्यक्ष तथा एमाले केन्द्रीय कमिटी सदस्य दल फडेरोको घरमा हुम्ला माओवादी केन्द्रका कार्यकर्ताले तोडफोड गरेका छन् ।

गएको शुक्रबार राती भएको घटनालाई लिएर गाउँपालिका घरबाट एकीकृत भएका कार्यकर्ताले अदानचुली गाउँपालिका वडा नम्बर ३ स्थित फडेरा गाउँमा भएको घरमा तोडफोड गरेका छन् ।

ठूलो संख्यामा जम्मा भएका माओवादी कार्यकर्ताले फडेरोको घरमा गरिएको ढुंगामुडाले घरको माथिल्लो तलामा राखिएको सोलार तोडफोड भएको अध्यक्ष बुझिएको छ ।

हिजो शनिबार दिउँसो १ बजेको समयमा दुई तिरबाट प्रवेश गरेको कार्यकर्ताले घर तोडफोड गरेका हुन् । प्रहरीले गरेको ठूलो प्रयास पश्चात ढुंगामुडा गर्न रोकिएको भएपनि फडेरा गाउँको चारैतर्फ माओवादीका स्थानीय नेता तथा कार्यकर्ताले घेरेका थिए ।

शुत्रबार राती अध्यक्ष फडेरा सहित नेकपा (एमाले) का कार्यकर्ताले आफ्ना (माओवादी केन्द्र) कार्यकर्ताको होटेल र पसलमा हानेकोले त्यसको जवाफ स्वरुप आफूले अध्यक्ष फडेरोको घर घेरेको दावी माओवादी केन्द्रले बताएको छ ।