Breaking News

सत्ता गठबन्धनको बैठक केही बेरमा बस्दै

२८ चैत, काठमाडौं । सत्ता गठबन्धनको बैठक अहिले बस्दै छ । बैठक अबको केही समयमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समितिले बताएको छ ।

कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन भएको समितिको हिजो आइतबार बसेको बैठकले गरेका निर्णयमाथि छलफल गरी तालमेलको टुंगो लगाउन शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।

स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको सत्ता गठबन्धनले भागबण्डाको भने टुंगो लगाइसकेको छैन ।