Breaking News

२३ बर्षीय किशोरी रन्जना श्रेष्ठद्धारा रघुगंगा भगवती-२ को वडाध्यक्षमा उम्मेदवारी दिने घोषणा

चैत्र २७, म्याग्दी । आउँदो बैशाख ३० गते हुने स्थानीय चुनावमा म्याग्दीको रघुगंगा गाउँपालिका भगवतीका २ को वडा अध्यक्षमा रन्जना श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

राँखु भगवती निवासी २३ बर्षीय श्रेष्ठले सामाजिक सञ्जाल फेसवुक मार्फत आसन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी हुन् ।

हाल म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत श्रेष्ठले भगवतीमा शैक्षिक रुपान्तरणका लागि आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको बताइन ।

कुनैपनि सन्तानको शिक्षाको चिन्ताले गाउँ छोडेर बसाँईसराई गर्नुपर्ने अवस्थाको अन्त्य गर्न र भगवतीको समयानुकूल विकासका लागि अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने निर्यण गरेको श्रेष्ठले बताइन ।

लामो समय सम्म सामाजिक कार्यमा आवद्ध हुँदा सिकेको ज्ञान र सिपलाई उचित प्रयोग गरि भगवती २ को सन्तुलित विकासमा प्रतिवद्ध रहने बाचाका साथ श्रेष्ठले वडाबासीहरु समक्ष भोटको अपिल समेत गरेकी छन् ।

लेखक : कृष्णबहादुर कार्की