सेतो मच्छिन्द्रनाथको रथयात्रा आजाबट सुरू

हरेक वर्ष मनाइने वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा आजाबट सुरू भएको छ । रथयात्राका लागि आज शनिबार दिउँसो ४ बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिएको थियो।

मच्छिन्द्रनाथका रथयात्रा तीनधाराबाट तानेर असन, इन्द्रचोक, वसन्तपुरहुँदै लगनटोल पु¥याएर समापन गरिन्छ ।
सेतो मच्छिन्द्रनाथलाई चैत शुक्ल अष्टमीको दिन जनबहालबाट नगरपरिक्रमा गराई दरबारमार्गस्थित तीनधारामा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गराउने प्रचलन छ ।

किम्वदन्तीअनुसार परापूर्वकालमा जमल क्षेत्रको खेतमा एकजना ज्यापुले खेत खन्दा फेला परेको सेतो मच्छिन्द्रनाथको मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाएका थिए ।

त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठह¥याई जनबहालमा स्थापना गरिएको हो । सोही परम्पराअुनसार जमलमै रथ बनाउने गरिएको छ ।

रथलाई लगनटोलमा रहेको मच्छिन्द्रनाथकी आमाको मन्दिर परिक्रमा गराएर रथयात्रा सम्पन्न भएपछि सेतो मच्छिन्द्रनाथलाई खटमा राखी मच्छिन्द्रवहालस्थित मन्दिरमा लगिन्छ ।
उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन अनुसार रथलाई नगर घुमाएर असन लगिएको हो ।

सेतो मछिन्द्रनाथको दर्शन गरे सुख, सुस्वास्थ, दीर्घायु तथा आर्थिक उन्नति हुने विश्वास छ ।

रथ यात्राको दोस्रो दिन असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पु¥याइन्छ । चौथो दिन लगनमा रथ घुमाइन्छ ।

पाँचौं दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मच्छेन्द्रबहालसम्म यात्रा चलाइने चलन छ ।