Breaking News

पाँच दलीय गठबन्धनले समाजवादका नाममा लुटतन्त्र मच्चाउन लागि

नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले आज शनिबार बागलुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउनै जन्मेको बताएका छन् । ओलीले प्रचण्ड र माधव कम्युनिस्ट आन्दोलन ध्वस्त पार्नै जन्मिएको बताएका हुन् ।

‘प्रचण्ड–माधव कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन जन्मेका हुन् तर आफु सकिन्छन्, कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न सक्दैनन्’, ओलीले भने, ‘यहाँ एमाले छ, त्यसैले केही गर्न सक्दैनन् । नेपालमा कम्युनिस्ट आन्दोलनको विजय पनि निश्चित छ ।’

अध्यक्ष ओलीले वर्तमान सरकारले नौ महिनामै देशलाई कंगाल बनाएको पनि बताए । ‘नौ महिनामा देशलाई कंगाल बनाए’, ओलीले भने, ‘हामी अत्यन्तै विद्धान, साहसी र खोज अनुसन्धानकर्ता पुर्खाका सन्तान हौ’, ओलीको भनाइ छ ।

नेपाल उर्वर देश र मेहनती जनता रहेको भन्दै उनले देशको अर्थतन्त्र धरासायी भएको भनेर गभर्नरले सहि सुझाव दिँदा गभर्नरको निलम्बन गरी सरकारले आफ्नो कमजोरी लुकाउने प्रयास गरेको आरोप समेत लगाए । आफु सर्वनाश गर्ने, कमिसनखोरी चलाउने तर गभर्नरलाई निलम्बन गर्ने गरेको भन्दै ओलीले सरकारको चर्को विरोध गरे ।

उनले अहिले अर्थमन्त्रालयमा अर्थशास्त्री नै नरहेको पनि बताए । उनले जनयुद्धका नाममा साम्प्रदायिक विद्वेष र पहिचानको राजनीतिका नाममा झगडा फैलाउनेहरूलाई जनताले असफल पारेको दावी समेत गरे । मधेस उल्टिएर एमाले भएको भन्दै पाँच दलीय गठबन्धनले समाजवादका नाममा लुटतन्त्र मच्चाउन लागि परेको बताए ।

एमाले, केपी शर्मा ओली