Breaking News

एकीकृत समाजवादी पार्टी कम्युनिस्ट आन्दोलनको उत्तराधिकारी हो

नेकपा एकीकृत समाजवादी काठमाण्डौ जिल्ला समितिले आज आयोजना गरेको पहिलो चुनावी सभालाई प्रमुख अतिथिको आसनबाट बोल्ने क्रममा पार्टी अध्यक्ष माधव नेपालले जनतामा आफ्नो पार्टीको आकर्षण बढेको बताएका
छन् । पार्टीले लिएको विचारका कारणले जनताको माझ पार्टीको आकर्षण बढेको अध्यक्ष नेपालले बताउनुभयो ।

भृकुटीमण्डपमा आयोजित जिल्ला पार्टीको जनसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले, ‘हाम्रो पार्टीमा युवाहरूको आकर्षण बढेको छ । पार्टी प्रवेशको लहर चलेको छ ।’ विभिन्न प्रदेशमा पार्टी सशक्त रूपमा उदाएको बताउँदै धेरै ठाउँमा नेकपा एमालेलाई समेत पछि पारेको बताए ।

No description available.

अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टी कम्युनिस्ट आन्दोलनको उत्तराधिकारी भएको बताउँदै कम्युनिस्ट आन्दोलनलाई जोगाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको छ । नेकपा एमाले दक्षिणपन्थी अवसरवादतर्फ ढल्किएको र पार्टी नेतृत्व कम्युनिस्ट आन्दोलनबाट विचलित भएपछि आफूहरू त्यहाँ बस्न नसकेको समेत बताए ।

No description available.

‘एमाले पार्टीको रूपमा पनि रहेन । सानो गुटमा सीमित हुन पुगेको छ । व्यक्तिको वर्चस्वमा चलिरहेको समूह हुन पुगेको छ ।’ समाजवादको झण्डा बुलन्द गर्नका लागि अर्को पार्टी निर्माण गर्नैपर्ने बाध्यता आएकोले आज हामी यो अवस्थामा आएको समेत बताए ।

No description available.

अध्यक्ष माधवकुमार नेपाल