Breaking News

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले शाखा अधिकृत प्रकाश ओझामाथि हातपात

२३ चैत, पोखरा । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै कर्मचारी मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेका छन् ।

ेयो घटना भने हिजो मंगलबारको हो ।

शाखा अधिकृत प्रकाश ओझा फाइल लिएर मन्त्रीको कार्यकक्षमा के पुगेका थिए मन्त्री मनाङेले हातपात गर्न थाले । त्यस लगत्रै कर्मचारी ओझाले कुटपिटबारे मन्त्रालयका सचिव बद्री अधिकारी र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई घटनालगत्तै जानकारी गराएका थिए ।

यस बारेमा मन्त्रालयका सचिवलाई सोध्दा आफू हिजोदेखि नै सुरक्षासम्बन्धी बैठकमा बागलुङमा रहेको र ओझाले हिजो मंगलबार नै घटनाबारे जानकारी गराएको भए पनि सम्पूर्ण सत्थतथ्य बुझ्न बाँकी रहेको सचिव अधिकारीले बताएका छन् ।

कर्मचारी ओझले मन्त्री मनाङेले आफूमाथि हातपात र दुर्व्यवहार गरेकाले हिजो मंगलबारदेखि नै बिदा बस्ने जानकारी गराएको सचिव अधिकारीले बताए ।

सचिव अधिकारी अनुसार घटनाबारे जानकारी गराएर बिदा बस्छु भन्नुभयो, मैले पोखरा फर्केपछि छलफल गरौंला भनें’, सचिव अधिकारीले भने ।

कर्मचारी ओझाले आफू अस्पताल भर्ना भएको जानकारी दिएका छन् । निर्वाचन आचारसंहिता लागू हुनुभन्दा अगाडि नै काम सक्न भन्दै मन्त्री मनाङेले ब्रिफिङ गर्ने क्रममा विवाद बढ्दा यस्तो घटना हुन गएको मन्त्रीको सचिवालयले जनाएको छ ।

लेखक : कृष्णबहादुर कार्की