Breaking News

महन्थ ठाकुरको स्वास्थ्यमा अचानक गढबडी आएपछि नवलपरासीबाट हेलिकप्टरबाट काठमाण्डौको ग्राण्डी अस्पतालमा ल्याइयो

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा अचानक अस्वस्थ भएपछि उपचारको लागि काठमाण्डौको ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ । पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नवलपरासी र रुपन्देही गएका अध्यक्ष ठाकुर आज बिहान अचानक अस्वस्थ भएपछि हेलिकप्टरबाट उनलाई ग्राण्डी अस्पताल ल्याइएको हो । ‘अहिले स्वास्थ्य अवस्था सामान्य छ ।

अध्यक्ष ठाकुर हिजो नवलपरासीमा आयोजित आमसभालाई सम्बोधन गरेका थिए । आज रुपन्देहीको भैरहवामा पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुने कार्यतालिका थियो तर बिहान चार बजे अचानक स्वास्थ्यमा समस्या देखिएको थियो । अध्यक्ष ठाकुरलाई मुटुसम्बन्धी समस्या छ । उनले नियमित चेकअप गराउन गराइ रहेका थिए ।