नापी कार्यालय चाबहिलका नापी टोली सर्भेक्षक विनोद केसी र अमिन प्रकाश भट्ट पक्राउ

नापी कार्यालय चाबहिल १ नम्बर नापी टोली सर्भेक्षक विनोद केसी र अमिन प्रकाश भट्ट पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुबै जनालाई एक लाख नगदसहित हिजो पक्राउ गरेको हो।

अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई एक लाख नगद लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।

दुबैलाई ललितपुर महानगरपालिका-५ लगनखेलबाट नियन्त्रणमा लिइएको प्रवक्ता भण्डारीले बताए।

उनीहरुर्ला सेवाग्राहीसँग घुस लिइरहेको सूचनाका आधारमा खटिएको टोलीले दुबै जनालाई पक्राउ गरेको भण्डारीले बताए।