२२ चैत, दाङ । नेपालगञ्ज विमानस्थलमा हवाई जहाजमा खरायो ठोक्किएको छ । काठमाडौंबाट नेपालगञ्ज आएको बुद्ध एयरको जहाज अवतरण हुने बेला हिजो राति पौने आठ बजे खरायो ठोक्किएको हो ।
जहाजमा खरायो ठोक्किएपछि केहीबेर रोकिएको उडान अवतरण केही समयपछि सुचारु छ । जहाज ल्यान्ड हुनेबेला ठोक्किएको खरायोको भने मृत्यु भएको छ ।
धावनमार्ग नजिक रहेको झाडीमा जंगली जनावर रहेकाले विमानस्थलमा जनावर ठोक्किने जोखिम रहँदै आएको छ ।