Breaking News

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा सहज जित निकाल्दै नेपाल फाइनलमा प्रवेश

नेपालले त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा सहज जित निकालेको छ । आज शनिबार भएको खेलमा नेपालले मलेसियामाथि ८५ रनको फराकिलो जित निकालेको हो । नेपालसँग पराजित भएसँगै मलेसिया प्रतियोगिताबाट बाहिरिएको छ । मलेसिया बाहिरिएसँगै पपुवा न्युगिनी फाइनलमा प्रवेश गरेको छ ।

दुबै टोलीको समान अंक भएपनि रन रेटको आधारमा पीएनजी फाइनलमा पुगेको हो । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २२४ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित १९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाएर मात्र १३८ रन बनायो ।

जितसँगै नेपालले ४ खेलबाट ८ अंक जोडेर अपराजित हुँदै फाइनलपुगेको हो । यता मलेसिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।

अब पीएनजी र नेपालबीचको फाइनल खेल सोमबार त्रिवि क्रिकेट मैदानमा मध्यान्ह १२ः३० मा हुनेछ ।