Breaking News

काठमाडौंका पेट्रोल पम्पहरुमा पेट्रोल भर्नेहरुको लाइन

पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आएसँगै आज बिहानैदेखि काठमाडौंका पेट्रोलपम्पहरुमा पेट्रोल भर्नेहरुको लामो लाइन देखिएको छ।

आगामी दिनमा पेट्रोल अभाव हुन सक्ने भन्दै मोटरसाइकल तथा साना सवारी चालकहरू पेट्रोल पम्पमा लाइन लाग्न थालेका हुन्।

नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीहरूले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएपछि थप अभाव भएको हो।

इन्डियन आयल कर्पोरेसनले शुक्रबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य घटे पनि एलपी ग्यास, डिजेल, मट्टितेललगायतको मूल्य ह्वात्तै बढेको छ।

ग्यास मट्टितेलमा भएको मूल्यवृद्धिका कारण निगमको घाटा पनि चुलिएको छ। निगमद्वारा जारी विज्ञप्ति अनुसार पछिल्लो मूल्य सूची अनुसार एक महिनामै १० अर्ब रुपैयाँ घाटा हुने छ । निगमले आगामी दिनमा पेट्रोलियम आपूर्ति व्यवस्था सहज बनाइराख्न अत्यन्त कठिन हुने जनाएको छ ।