समाजबादी प्रेस संगठन नेपालको दुई दिने प्रथम बिस्तारित बैठक भब्यताका साथ सम्पन्न

देशभरिका ब्यबसायिक र श्रमजीबी पत्रकारहरुको हक अधिकारका लागि एकताबद्ध भएर गोलबन्द हुने प्रतिबद्धता सहित समाजबादी प्रेस संगठन नेपालको दुई दिने प्रथम बिस्तारित बैठक हिजो आइतबार काठमाडौका बानेश्वरस्थित अर्पण ब्याङकेटमा भब्यताका साथ सम्पन्न भएको छ ।

देशभरिबाट अति उत्साहका साथ सहभागी ३ सय ५० जना समाजबादी प्रेस संगठनका सस्थापक सदस्य, प्रदेश संयोजक, जिल्ला अध्यक्ष र संयोजक सहभागी बिस्तारित बैठकले समाजबादी प्रेस संगठनको बिधान २०७८ लाई ब्यापक छलफल गरी सर्बसम्मत रुपमा पारित गरेको छ ।

नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधबकुमार नेपालले समापन गर्नुभएको बिस्तारित बैठकको उद्घाटन सोही पार्टीका सम्मानित नेता झलनाथ खनालले गर्नुभएको थियो । अध्यक्ष नेपालले प्रतिगमन अझै पनि पुर्ण रुपमा सच्चिन बाकी रहेकोले लोकतन्त्र र सबिधानका पहरेदार देशभरिका पत्रकारहरुलाई समाजबादी प्रेस संगठनमा गोलबन्द भै आआफ्नो ठाउंबाट प्रभाबकारी भुमिका निर्बाह गर्न आह्वान गर्नुभएको छ ।

प्रतिगमनको मतियार बनेको प्रेस चौतारीबाट बिद्रोह गरी ६ महिंनामै नै देशब्यापि रुपमा संगठन बिस्तार गरिसकेको समाजबादी प्रेस संगठनको बिस्तारित बैठकले महासचिब भुपराज खडकाले पेश गर्नुभएको संगठनात्मक प्रतिबेदन , प्रदेश इञ्चार्जहरुहरुले पेश गरेको प्रतिबेदन र कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिबेदन पारित गर्नुका साथै बरिष्ठ पत्रकार एवं संगठनका सस्थापक टंक पन्तले प्रस्तृत गर्नुभएको २० बुदे महत्वपुर्ण समसामयिक प्रस्ताबहरु पनि सर्बसम्मतिले पारित गरेको छ ।

Open photo

संगठनका अध्यक्ष एवं बरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको बिस्तारित बैठकमा नेकपा एकीकृत समाजबादीका उपमहासचिब एवं मोर्चा संगठनका प्रमुख डा बिजय पौडेल, उपमहासचिब एवं केन्द्रिय प्रचार बिभागका प्रमुख जगनाथ खतिवडा ,बरिष्ठ पत्रकार एवं सगठनका सस्थापकहरु किशोर श्रेष्ठ , बालकृष्ण चापागाइ, खेम भण्डारी, सुवास खतिवडा , बिनोद ढुगेल, अशेष घिमिरे, चमिना भटराई लगायतका संगठनका नेताहरुले प्रेस स्वतन्त्रता, श्रमजीबी पत्रकारहरुको हक हित र ब्यबसायिक सुरक्षाका लागि सबै पत्रकारहरु एक भएर आवाज उठाउनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

Open photo

बिस्तारित बैठकको मान्युट कमिटीमा उपाध्यक्ष प्रकाश खतिवडा , सुवास साह र तीर्थ सिग्देल, बहस नोट कमिटीमा नबराज छत्कुली, तेज वाग्ले र उर्मिला कुंवर र प्रस्ताब कमिटीमा बरिष्ठ पत्रकार टंक पन्त र भरतराज पोख्रेल रहनुभएको थियो । कार्यक्रममा पत्रकार खेम भण्डारीद्वारा लिखित पुस्ताक ‘हावामहलको कुशल कारिगर’ नामक पुस्तकको बिमोजन, कलम डटकमडटएन्पीको शुभारम्भ र २ वटा चुनावी गितहरुको सार्वजनिक समेत गरिएको थियो ।

Open photo

बिस्तारित बैठकले अझै पनि अन्यौल र भ्रमबाट प्रतिगमनको पक्षमा रहेका कतिपय पत्रकार साथीहरुलाई अग्रगमन , लोकतन्त्र, प्रेस स्वतन्त्रता र सबिधानको रक्षाका लागि संघर्ष गरेको र केही समय अगाडि स्थापित सकमाजबादी प्रेस संगठनमा गोलबन्द हुन आह्वान गरेको छ ।

बैठकले पारित गरेका समसामयिक महत्वपुर्ण प्रस्ताबहरु :
– श्रमजीबी पत्रकाह्रुको हक हित एवं पत्रकारका मुद्धालाई पत्रकारिताको बिकास र श्रीबृद्धिसंग जोडदै ब्यबसायिक पत्रकारिताको बिकासका लागि बिस्तारित बैठक प्रतिबद्धता सहित नेतृत्वदायी भुमिका निर्बाह गर्न अग्रसर हुने घोषणा गर्दछ ।
– नेपाली पत्रकारिताको आबश्यकता अनुरुपका ज्ञान ,सीप प्रबिधि, आदिको प्रयोग र बिकासका लागि संगठनले अह्ं भुमिका खेल्ने प्रतिबद्धता सहति सबै जिम्मेबार पक्षलाई आह्वान गर्दछ ।
– आम संचार तथा सामाजिक संजालको प्रयोगलाई ब्यबसायिक पत्रकारहरुले कुशलतापुर्बक उपयोग गरी त्यसलाई दुस्पयोग हुन नदिन सचेततापुर्बक भुमिका निर्बाह बैठक आह्वान गर्दछ ।
– अझै पनि अन्यौल र भ्रमबाट प्रतिगमनको पक्षमा रहेका कतिपय पत्रकार साथीहरुलाई अग्रगमन , लोकतन्त्र , प्रेस स्वतन्त्रता र सबिधानको रक्षाका लागि संघर्ष गरेको र केही समय अगाडि स्थापित समाजबादी प्रेस संगठनमा गोलबन्द हुन बिस्तारित र्बैठक आह्वान गर्दछ ।
– नेपाली पत्रकारिताका मुलमुद्धाहरुको पहिचान गरी तिनको समाधान गर्ने गरी अगाडि संगठन थप प्रतिबद्धता ब्यक्त गर्दछ ।
– पत्रकारिता क्षेत्रको लगानी तथा ब्यबस्थापनलाई ब्यबस्थित गर्देै मिडिया उधोगलाई संस्थागत बिकास गर्न बिस्तारित बैठक आह्वान गर्दछ ।
– आगामी निर्बाचनमा लोकतन्त्र र सबिधानको रक्षा सहित कार्यान्वयनमा लागेका आम पत्रकारहरु एकताबद्ध भै देशको बिकास , प्रेस स्वतन्त्रता एवं लोकतन्त्र र सबिधानको रक्षाका लागि सघर्ष गरेकाहरुको पक्षमा भुमिका खेल्ने अठोट सहित सबैलाई सोही अनुसार आहवान पनि गर्दछ ।
– बिना कारण संसद चल्न नदिने र अनेक षडयन्त्र गरी सबिधानलाई कमजोर साबित गराउने प्रबृत्ति अहिले पनि कायमै रहेकोले प्रतिगमनलाई सैद्धान्तिक तथा सांस्कृतिक रुपमा नै परास्त गर्ने गरी थप क्रियाशशील हुन यो बैठक आह्वान
गर्दछ ।
– राजनीतिक दल र पत्रकारबीचको सबन्धलाई परिभाषित र निर्धारित गर्ने रणनीति , बिचार , सिद्धान्त र कामको आधारमा तय गर्न बिस्तारित बैठक अठोट गर्दछ ।
– समाजमा रहेका महत्वपुर्ण मुद्धालाई पत्रकारहरुले मिडियामार्फत प्रभाबकारी रुपमा भुमिका स्थान दिनुपर्ने आबश्यकता लाई थप स्पष्टताका साथ अगाडि बढन बिस्तारित बैठक मार्फत हामी प्रतिबद्धता ब्यक्त गर्दछौ ।
– प्रतिभाशाली , क्षमतावान पत्रकारहरुलाई नेपाली पत्रकारिताको मुल प्रबाहमा टिकाई राख्ने रणनीति अख्तियार गर्न र नेतृत्वदायी भुमिका निर्बाह गर्न संगठन प्रतिबद्धता ब्यक्त गर्दछ ।
– पत्रकारितामा अल्पसंख्यक , सीमान्तकृत , समुदायका साथै पछाडि पारिएका हरेक लिंग क्षेत्र जाति , भाषाको प्रतिनिधित्व बढाउने र सक्रिय बनाउने रणनीतिका साथ ठोस पहल गर्न बिस्तारित बैठक अठोट गर्दछ ।
– सबिधान र लोकतन्त्र माथि केपी ओलीको सरकारले गरेको आक्रमण र ध्वंस पार्ने योजना एक हद सम्म असफल भएपनि अझै पनि सबिधानमाथि त्यहि शक्तिबाट खतरा रहेकोले पुर्ण रुपमा प्रतिगमन नसच्चिएसम्म संगठित ढंगले अगाडि बढनुपर्ने महशुस बिस्तारित बैठकले गर्देै त्यसका लागि सचेत रहन सबै समक्ष आह्वान समेत गर्दछ ।
– प्रतिगमनको पक्षमा लागेको समुहबाट बिद्रोह गरी अग्रगमनका लागि गठित समाजबादी प्रेस संगठनमा आबद्ध भै प्रेस संगठनलाई देश ब्यापि रुपमा प्रभाबकारी रुपमा बिस्तारका लागि आआफना ठाउंबाट भुमिका निर्बाह बिस्तारित बैठक मार्फत हामी सबै प्रतिबद्धता सहित अठोट गर्दछौ ।
– अनेक चुनौतिका बाबजुत समाजबादी प्रेस संगठनमा आबद्ध साथहरुलाई बिभिन्न स्थानमा आबश्यक ब्यबस्थापन गर्न बिस्ताति बैठक सबद्ध पक्ष समक्ष आह्वान गर्दछ ।
– मोफसलका मिडियाको पनि बिकास र संरक्षण एवं दक्षता बढाउन संगठनको तर्फबाट आबश्यक रणनीति अख्तियार गरी प्रभाबकारी भुमिका निर्बाह गर्ने प्रतिबद्धता सहित राज्य समक्ष आबश्यक सहयोगका लागि आह्वान गर्दछ ।
– पत्रकाहरुको स्वास्थ्य उपचारका लागि बिशेष ब्यबस्था गर्न राज्य समक्ष आह्वान सहित बिशेष अनुरोध गर्दछ ।
– पछिल्लो समयमा नागरिकलाई गभीर असर गर्ने गरी भैरहेको मुल्यबृद्धि नियन्त्रण गर्न र भ्रष्टाचारीलाई कडा भन्दा कडा कारबाही गर्न यो बैठक आह्वान गर्दछ ।

समाजवादी प्रेस संगठन प्रेस विज्ञप्ति