झापाका ५० वर्षे पुरुषमा कोरोना भाइरस संक्रमण पृष्टि

१४ वैशाख, झापा । कोरोना संक्रमितको संख्या बढ्ने क्रमा विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परिक्षण अनुसार एक जना कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रलायका अनुसार संक्रमित झापा निवासी ५० वर्षीय पुरुष हुन् । झापा यसअघि पनि एक जनामा कोरोना भेटिएको थियो । उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्स्था सामन्य भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । आजसम्म कोरोना संक्रमित मध्ये १६ जना निको भएर डिस्चार्ज भएका छन् । यस सँगै कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।