Breaking News

चौतारीको अध्यक्षमा गणेश बस्नेत पुनः चुनिए : असन्तुष्ट पक्षले हल नै छोडेर राती नै काठमाण्डौ फर्किए

२९ फागुन, काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको ९औं महाधिवेशन पोखरामा सम्पन्न भएको छ । चौतारीको अध्यक्षमा गणेश बस्नेत पुनः चुनिएका छन् । हलमा असन्तुष्टि र मतभेद हुँदा हुँदै पनि अध्यक्ष मण्डलले एकलौटी ढंगले कार्यसमितिको नामावली बचन गरेको थियो ।

चौतारीकोे नेतृत्वको लागि धेरैले मतदान प्रक्रियाबाट जान आग्रह गरे पनि त्यो हुन नसकेपछि पार्टी नेतृत्वको एकलौटी ढंगबाट अध्यक्ष मण्डलले कार्यसमिति घोषणा गरेपछि असन्तुष्ट पषले हल नै छोडेर काठमाण्डौ आएको थियो ।

बाचन गरिएका बरिष्ठ उपाध्यक्षमा गणेश पाण्डे, उपाध्यक्षहरुमा राजेश राई, सविन प्रियासन र देविका घर्तीमगर चुनिएका छन् ।

यसैगरी महासचिवमा हिरामान लामा तथा उपमहासचिवमा शुरोजंग पाण्डे र राजु सुवेदी चयन भएका छन् ।

कोषाध्यक्षमा इन्द्र आचार्य तथा सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोग्सरी कुँवर र हरिबल्लभ नेपाल चयन भएका छन् ।

बन्दसत्रको अध्यक्ष मण्डलले गणेश बस्नेत नेतृत्वको कार्य समिति वाचन गरेर सुनाइए पछि नाम वाचन गरिएकाहरुले मात्रै मनोनयन दर्ता गर्न भनेपछि अन्यले असन्तुष्टि जनाएका छन् । हिजो नै कतिपय महाधिवेशन प्रतिनिधि र नेतृत्वको दावी गरेकाहरु हल नै छाडेर पोखराबाट फर्किएका थिए ।

अध्यक्षमा दाबी गरेका माधव तिवारीले निर्वाचन लड्न नदिएको भन्दै संगठनबाट अलग हुने बताएका छन् । उनले ‘अब संगठनविनाको पत्रकारिता गर्छु ।’

उनले सामाजिक सन्जालमा लेखेका छन्, अध्यक्ष मण्डलका सदस्यहरुको समेत सहमति नगरी टिम घोषणा गरिनु दुःखद भएको उनले बताएका छन् । प्रेस चौतारी नेपालको नवौं महाधिवेशनमा उम्मेदवारी दर्ता गर्न समेत नपाएपछि साधारण सदस्य समेत नरहने गरी आजैदेखि निष्क्रिय रहने घोषणा गर्दछु । महाधिवेशनमा अध्यक्ष मण्डलका सदस्यहरुको समेत सहमति नगरी अध्यक्ष मण्डलका अध्यक्ष एक्लैले टिम घोषणा गर्नु झन् दुःखद भएको बताएका छन् ।

अध्यक्षमा दाबी गरेका माधव तिवारीले निर्वाचन लड्न नदिएको भन्दै संगठनबाट अलग हुने घोषणा