प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै : शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल

प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । संघीय संसद् सचिवालयले आजको बैठकको सम्भावित कार्यसूची कार्यसूची सार्वजनिक गरेको थियो ।

सचिवालयका अनुसार बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन पेस गर्ने
छन् । यस्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने जनाएको छ । बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूचीलाई अन्तिम रुप दिनेछ ।