ग्रिनजोनमा रहेका ठाउँलाई लकडाउन खुकुलो पार्न सुझाव

१३ वैशाख, काठमाडौं । कोरोना भाइरसको कारण लकडाउनमा देश लकडाउना रहेको आज ३३ दिन भायो तर खुल्छ वा परिर्वतन भएर खुल्छ त्यो भने अन्योलमा छ । तर आज बस्ने उच्चस्तरी समितिले कस्तो निर्णय गर्ने हो त्यो भने एकछिन पछि थाहा नै हुनेछ । तर, राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले संक्रमणको प्रभाव अनुसार लकडाउन गर्न सरकारलाई सुझाव दिएको छ ।
समितिको हिजो शुक्रबार बसेको बैठकले संक्रमणको खतरा रहेका र सुरक्षित ठाउँ तोक्न सुझाव दिइएको दिएको छ । ’कोरोना भाइरसको संक्रमण रहिरहेकाले लकडाउनलाई निरन्तरता दिन भनेका छौं। तर भूगोलको अवस्था हेरेर यसको निर्धारण गर्न पनि ध्यानाकर्षण दिएको छ ।रेड,एल्लो र ग्रीन जोन घोषणा गरेर हरियो जोनमा परेका स्थानलाई खुकुलो बनाउन समेत सुझाव दिएका छौं ।
सीमा नाकालाई कडाइ गर्ने र अन्तर्राष्ट्रिय उडान बन्द गर्न जरूरी रहेकोमा भने सबै सांसदहरूको एक मत रहेको उनले बताइन् ।
बैठकमा सांसदहरूले बिउ विजन,रासयनिक मल,पशुपंक्षी आहार आदिको स्थानीय तहमार्फत् अथवा किसान समूहबाट वितरण गर्नुपर्ने र कृषकद्वारा उत्पादित तरकारी,दूध,अण्डा र माछाको बजारसम्म पुग्ने व्यवस्था हुनुपर्ने धारणा राखेका थिए ।
काठमाडौं लगायत ठूला सहरबाट घर जाने मानिसलाई प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी सुरक्षित व्यवस्थापन गर्न समेत सांसदहरूले सरकारसँग माग गरेका थिए ।
दैनिक उपभोग्य तथा अत्यावश्यक खाद्य वस्तु तथा अन्य सामग्री उत्पादन गर्ने उद्योग सञ्चानलका लागि सरकारको विशेष ध्यान जानु पर्नेमा समेत जोड दिएका थिए ।