१८ फागुन, विराटनगर । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्ने क्रममा अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्दा गरिएको व्याख्यात्मक टिप्पणीलाई न्यानो थाङ्नोको टिप्पणी गरेका छन् ।
‘नेता खनालले भने, व्याख्यात्मक टिप्पणी न्यानो थाङ्नोबाहेक केही होइन’ उनले भने, ‘नेपालका नेताहरु आनन्दपूर्वक सुतुन् भनेर बनाइएको थाङ्नो हो, त्यो थाङ्नोमा अहिले साथीहरु सुत्नुभएको छ ।’
विधि प्रक्रिया विपरीत एमसीसी पास गरेको गुनासो गरे । प्रक्रिया नमिलाई एमसीसी पास गर्नु देशका लागि लज्जास्पद भएको बताउँदै उनले एमसीसी पारित गर्दाको परिणाम विस्तारै देखिने बताए ।