Breaking News

अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति

१५ फागुन, काठमाडौं । एउटा १८ वर्ष मुनीकी गायीकालाई जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

आज जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो ।

उजुरी परेको दिनदेखी प्रहरीको सम्र्पकमा नआएका नायक पल हाज आफै प्रहरीमा हाजिर भएपछि आइतबार दिउँसो मात्र जिल्ला प्रहरी कार्यालय तनहुँमा हाजिर भएपछि चालिएको कानुनी प्रक्रिया अनुसार आज अदालतले यस्तो आदेश दिएको हो ।