Breaking News

यो गठबन्धन अब अघि जाँदैन

आज संसद भवनमा एमाले र काँग्रेसबीच भएको वार्तापछि पत्रकारलाई प्रतिक्रिया दिने क्रममा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन धरापमा परेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि महामन्त्री थापाले भने, ‘यो गठबन्धन अघि
जाँदैन । धरापमा पुगिसक्यो ।

गठबन्धनबाट एमसिसी पार नलाग्ने थापाको भनाइ थियो । ‘अब गठबन्धनबाट पार लाग्दैन । एमसिसीका विषयमा गठबन्धनसँग छलफल गर्न आवश्यक नै छैन । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच साँझ ७ बजे पुनः छलफल हुने थापाले बताए ।

काँग्रेस महामन्त्री गगन थापा