१२ फागुन, काठमाण्डौ । आजको संसद बैठक स्थगित गरेर छलफलमा जुटेका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसहित दुई दलका नेताहरूबीच को बैठक सकिएको छ ।
बैठकपछि पत्रकारसँग बोल्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले छलफल जारी रहेको र छलफल फे।रि पनि हुने भएकाले अहिले नै भन्ने नहुने बताए ।
बैठकमा देउवा र ओलीसँगै कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चार मन्त्री कार्की, एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी थिए।