१२ फागुन, काठमाडौं । कार्यव्यवस्था समितिको बैठक सकिएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि आजको प्रतिनिधिसभा बैठकमा छलफल हुने भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिले एमसीसीमाथि संसदमा छलफल गर्ने टुंगो लगाएको हो ।
बैठकमा देव गुरुङसहित नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरुले एमसीसीको विरोधी जनमत रहेको भन्दै संसदमा छलफल रोक्न माग गरेका थिए । तर सरकार र नेपाली कांग्रेसका प्रतिनिधिहरुले छलफल गर्नुपर्छ भनेका थिए ।
बैठकमा सहभागी माओवादी केन्द्रकी नेतृ रेखा शर्माले संसदमा एमसीसी सम्झौतामाथि छलफल हुने र आफूहरुले पनि भाग लिने बताइन् ।
‘एमसीसीमाथि छलफलमा भाग लिन्छौं तर पारित गरियोस् भन्ने प्रस्तावलाई के गर्ने भन्नेबारे पार्टीमा छलफल भएको छैन’ उनले भनिन् ।