भारतको मध्यप्रदेशमा छ बर्षिया बालिकालाई आँखा फुटाली बलात्कार

बिबिसी । १२ बैशाख, भारत । भारतको मध्यप्रदेशमा ६ वर्षीया बालिकालाई बलात्कार गरेर आँखासमेत फुटाइदिएको घटना सार्वजनिक भएको छ । यो पासविक घटना मध्यप्रदेश राज्यको दमोह जिल्लाको बंशीपुर गाउँको हो । बालिकाले नचिनुन् भनेर बलात्कारीले आँखा फुटाइदिएको पीडित पक्षको भनाइ छ ।
साथीहरुसँग खेल्न बुधबार अपराह्न घर बाहिर निस्किएकी ती बालिका घर नफर्किएपछि खोजी सुरु गरिएको थियो । हिजो बिहीबार बिहान घरभन्दा टाढा सुनसान स्थानमा ती बालिका फेला परेकी थिइन् । उनका दुवै हात बाँधिएका थिए र आँखामा गम्भीर चोट थियो । घाइते ती बालिकालाई सुरुमा दमोह जिल्ला अस्पतालमा उपचार गर्न लगिएको थियो । जिल्ला अस्पतालले थप उपचारका लागि उनलाई मेडिकल कलेज जबलपुरमा रेफर गरेको छ ।
दमोह जिल्ला प्रहरी प्रमुख हेमन्त चौहानले बीबीसीलाई दिएको जानकारी अनुसार बालिकाको धेरै स्थानमा चोट छ र घटना अनुसन्धानका लागि २१ वर्षीय सचिन सेनलाई नियन्त्रणमा लिइएको छ । प्रहरीले सेनसँग सोधपुछ गरिरहेको उनले बताए ।
प्रहरीका अनुसार ती बालिकाको दृष्टि गुमेको वा नगुमेको भन्ने एकिन अझै भएको छैन ।