६ फागुन, काठमाडौं । सत्तारुड गठबन्धन दलको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा एमसीसीमा साझा धारणा बनाउने बिषयमा छलफल सुरु भएको हो ।
आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसैले प्रतिनिधि सभा बैठक अघि एमसीसीमा साझा धारणा बनाउने प्रयासमा सत्ता गठबन्धनका शीर्ष नेताहरुले छलफल थालेका हुन् ।
हिजो बसेको गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो । दलहरु आ(आफ्ना अडानमा कायमै रहेकाले एमसीसीमा सहमति जुट्ने सम्भावना कम छ ।