६ फागुन, काठमाण्डौ । अबको केही बेरमा सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । मुख्यतया बैठक आज बस्ने संसद बैठकमा एमसीसी टेबल, संसदको गतिरोध अन्त्य लगायतका बारेमा छलफल हुने छ । हिजो राति बसेको बैठकमा कुनै निस्कर्ष नआएपछि आज फेरी बस्न लागेको हो ।
यसअघि सत्तारुढ गठबन्धनका प्रमुख तीन नेता सो बैठकको रणनीति बारे छलफल गर्न माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा एमसीसी विपक्षमा रहेका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव र माओवादी नेता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्ने गठबन्धनकै विकल्प खोज्ने संकेत देखाएपछि प्रचण्ड, माधव र उपेन्द्रसहितका नेता आन्तरिक परामर्शमा जुटेको देखिन्छ ।
हिजो साँझ बसेको गठबन्धनको बैठक सकिएपछि प्रधानमन्त्री देउवा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका थिए ।